बैशाख १३, २०८१, बिहीबार
               

भारतमा मुस्लिम महिलालाई बिक्रीमा राख्ने एप बन्द

नेपाल फ्ल्यास
पुस १९, २०७८

ADVERTISEMENT

मुस्लिमहरूप्रति कठोर नीति लिएको भन्ने आरोप लागिरहँदा भारत सरकारले मुस्लिमविरोधी केही एपहरूलाई बन्द गरेको छ ।

भारत सरकारले मुस्लिम महिलालाई बिक्रीमा राख्ने भारतीय एप बन्द गराएको हो । मुस्लिम महिलालाई अपमानित गरेको र बिक्रीमा राख्ने गरेको आरोपमा सरकारले ‘बुल्ली बाई’ नामक एप बन्द गरेको हो ।

दुईवटा भारतीय राज्यहरूमा करिब १ सयभन्दा बढी मुस्लिम महिलाको तस्बिर सो एपमा अपलोड गरी बिक्रीमा राखिएको भन्दै प्रहरीसामु उजुरी परेको थिए ।

सोही आधारमा अनुसन्धान अघि बढेको थियो । अनुसन्धानको आधारमा केन्द्र सरकारअन्तर्गत सूचना तथा प्रविधि मन्त्रालयले सो एप बन्द गराएको बिबिसीमा उल्लेख छ ।

बुल्ली बाई एक मोबाइल एप्लिकेसन हो । जुन बुल्ली बाई गिथव एपिआइमार्फत् मुस्लिम महिलाको अपमान र बार्गेनिङ हुने गरेको रिपोर्टमा उल्लेख छ । 

तालिवानी झन् कठोर बन्दै

उत्तरी अफगानिस्तानका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने तालिवानले घोषणा गरेको छ । तालिवानले सोमबार सो घोषणा गरेको हो ।

उज्वेकिस्तानसँग नाका जोडिएको बाल्ख प्रान्तका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने घोषणा तालिवानले गरेको खामा प्रेसमा उल्लेख छ । धार्मिक मान्यताअनुसार महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाइने गरी तालिवानले सो घोषणा गरेको बताइएको छ ।

खामा प्रेसकाअनुसार राजनीतिक स्कोलरहरू र प्रान्तीय सरकारका अधिकारीहरूले सो निर्णय गरेका हुन् । नयाँ निर्णयअनुसार अफगानिस्तानका महिलाले अब गोप्य स्नानगृह मात्र नुहाउनुपर्ने बताइएको छ । स्नान गर्दा महिलाले हिजाब भने अनिवार्य रूपमा लगाउनुपर्ने बताइएको छ ।

पुरुषहरूले भने सार्वजनिक स्नानगृहमा पनि नुहाउन पाउनेछन् । यद्यपि, किशोरहरूले भने सार्वजनिक स्थलमा नुहाउन र मसाज गर्न नपाउने खामा प्रेसमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि