चैत १५, २०८०, बिहीबार
               

यस्तो पो सम्बन्धविच्छेद !

नेपाल फ्ल्यास
पुस ०६, २०७८

ADVERTISEMENT

दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्धविच्छेदका लागि अनुमति प्राप्त भएको छ । तर यस अनुमतिमा दुबईका शासक मकतुमले रेकर्ड ५० करोड पाउन्ड अर्थात् करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम पूर्व पत्नीलाई दिनुपर्ने भएको छ । 

यसलाई बेलायती कानुनी इतिहासमा तलाक (सम्बन्धविच्छेद)को सबैभन्दा ठूलो घटना रूपमा लिइएको बीबीसीले जनाएको छ । 

बेलायती हाई कोर्टले प्रिन्सेस हया बिन्त अल हुसेनलाई २५ करोड १५ लाख पाउन्ड दिनुपर्ने फैसला सुनाएको थियो । हया जोर्डनका पूर्व शासक हुसेनकी छोरी हुन् । उनी अहिले ४७ वर्षकी छन् । 

शेख मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट (यूएई) का प्रधानमन्त्री हुन् । उनले ६ वटा बिहे गरेका थिए । हया उनकी कान्छी श्रीमती थिइन् । 

बेलायती अदालतले प्रिन्सेस हायालाई दिइने रकमले सन्तानको हेरचाह, सुरक्षा बजेट, बिदा, एक नर्स, कामदारको ज्याला र उनको बस्ने खर्च, परिवारका लागि गाडी र पाल्तु जनावरको लागि गरिने खर्च हुने जनाइएको छ । 

फैसलामा दुई बालबालिकालाई ५६ लाख पाउन्ड वार्षिक रूपमा दिन भनिएको छ । दुई मध्ये १४ वर्षकी एक छोरी र एक ९ वर्षका छोरा छन् । उनले २९ करोड पाउन्डको ग्यारेन्टी पनि दिनु छ । 

हाया आफ्ना छोराछोरीका साथ २०१९ मा दुबईबाट भागेर बेलायत पुगेकी थिइन् । उनले पतिबाट आफ्नो ज्यानमा खतरा भएको बताएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि