चैत १५, २०८०, बिहीबार
               

चीन र अमेरिकाका राष्ट्रपतिको यस्तो भयो सवाल–जवाफ

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८

ADVERTISEMENT

बेइजिङ । अमेरिकी राष्ट्रपति जोन बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा दुबै देशका नेताहरुले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने बाचा गरेका छन् ।

भर्चुल बैठकलाई सुरुमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले चीन–अमेरिका सम्बन्धलाई द्वन्द्वमा रुपान्तरण गर्न नहुने धारणा राखेका थिए । बाइडेनले सो धारण राख्न नपाउँदै चीनका राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई सकरात्मक दिशातार्फ लैजान बेइजिङ तयार रहेको जबाफ दिएका थिए । 

बाइडेनलाई ‘मेरो पाको मित्र’ भनेर सम्बोधन गर्दै राष्ट्रपति सीले दुई प्रतिद्वन्द्वी देशले मिलेर काम गर्नुपर्ने बताएका थिए । 

त्यसपछि बाइडेनले एक अर्कासँग बढी औपचारिक हुनुपर्ने भन्दै दुबै जनाबीच यसअघि इमान्दारीपूर्वक  टेलिफोन वार्ता भएको स्मरण गरेका थिए ।

जबाफमा राष्ट्रपति सीले दुई शक्तिशाली देशले एकआपसमा सहकार्य गर्दा दुबै देशलाई फाइदा हुने बताएका थिए । ‘चीन र अमेरिकाले सञ्चार र सहकार्यलाई जोड दिनुपर्छ,’ उनले भने ।

राष्ट्रपति बाइडेनले मानवअधिकार र हिन्द महासागर क्षेत्रका मुद्दालाई उठाएपछि राष्ट्रपति सीले दुबै देशले एक अर्कालाई सम्मान गर्ने र स्थिर सम्बन्ध आवश्यक भएको चीनका जबाफ दिएका थिए ।

बाइडेनले दुई देशबीच चुनौती खडा भइरहेको बताइरहेका सीले सञ्चार सुधार गरेर ती सबै चुनौती सामना गर्नुपर्ने बताएका थिए । उनीहरुबीच ताइवानको विषयमा पनि कुराकानी भएको थियो ।

एक साताअघि अमेरिकी सांसदको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको थियो । भ्रमणको  अमेरिकाले विरोध गरेको थियो । त्यस अगाडि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो । त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए । चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने चेतावनी दिँदै आएको छ ।

यो पनि