बैशाख १४, २०८१, शुक्रबार
               

कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

यद्यपी, विज्ञहरुले मर्नेको यकिन संख्या अझै योभन्दा बढी रहेको दाबी गरिरहेका छन् । खोपका कारण मृत्युदर केही घटेको भने उनीहरुले स्विकारेका छन् । विश्वभर पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या घटेको छ । यद्यपी, यस महिना केही देशमा संक्रमित संख्या बढेको पनि छ । अहिलेसम्म विश्वमा कोरोना भाइरसबाट २५ करोडभन्दा धेरै जनसंख्या संक्रमित भइसकेको छ ।
 
विश्व स्वास्थ संगठनले यस महामारीमा मर्नेको संख्या आधिकारीक आँकडाको तुलनामा तीन गुणा बढी हुनसक्ने अनुमान लगाएको छ । कोरोनाका कारण अहिलेसम्म सबैभन्दा धेरै मृत्यु अमेरिकामा भयो । यहाँ ७ लाख ४५ हजार ८ सयभन्दा धेरै ज्यान गुमाए । त्यसैगरी, ब्राजिलमा ६ लाख ७ हजार ८ सय २४ भन्दा धेरैले ज्यान गुमाए । पछिल्ला दिनमा मृत्युदरमा पनि कमी आएको छ । मर्नेको संख्या ४० लाखबाट  ५० लाख पुग्न १ सय १० दिन लाग्यो । जबकी, ३० लाखबाट ४० लाख पुग्न ९० दिनमात्रै लागेको थियो । 

खोपका कारण मर्नेको संख्यामा कमी आए पनि महामारी समाप्त भइ नसकेको विश्व स्वास्थ संगठनले जनाएको छ । अघिल्लो हप्ता रुसमा दैनिक संक्रमितको संख्या बढेको थियो । यहाँ, महामारी सुरु भएयता अहिले संक्रमणको रफ्तार सबैभन्दा उच्च देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि