बैशाख ०८, २०८१, शनिबार
               

फेसबुकले फेरि बन्द गर्‍यो तसलिमा नसरिनको एकाउन्ट

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छिन् । फेसबुकले फेरि सात दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् । 

‘सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई सात दिन प्रतिबन्ध लगाएको छ,’ उनले ट्विटरमा लेखेकी छिन् । नसरिनलाई फेसबुकले यसअघि पनि प्रतिबन्ध लगाएको थियो । 

यसै वर्षको १६ मार्चमा फेसबुकले नसरिनको एकाउन्ट २४ घन्टाका लागि बन्द गरिदिएको थियो । 

उनले १७ मार्चमा बंगलादेश सरकारले आफ्ना  किताबमाथि प्रतिबन्ध लगाएको बताएकी थिइन् । ‘सरकारले मेरा पुस्तकमाथि प्रतिबन्ध लगायो । जिहादीले मेरा किताब जलाएर बिक्रेतालाई नबेच्न धम्की दिए । मेरा धारणा व्यक्त गर्र्ने एउटा मात्र मञ्च  ह्यासट्यागएफबी भएको छ । ’ उनले त्यतिबेला भनेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि