बैशाख ०८, २०८१, शनिबार
               

'अफगानमा अप्ठेरोमा रहेका मानिसको उद्धारमा कतार सहयोगी'

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

कतारका उपप्रधान तथा विदेश मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अफगानिस्तानमा अहसज अवस्थामा रहेका मानिसहरूको उद्धारमा कतारले सहयोगी भूमिका निर्वाह गरेको बताएका छन् ।

कतारले तालिबानलाई कुनै प्रभाव नपारेको बरु अफगानिस्तानका धेरै पक्षको बीचमा आफूहरू मध्यस्थकर्ता रहेको उनले स्पष्ट गरेका छन् ।

उनले अफगानिस्तानमा शान्ति कायम राख्न र देशबाहिर जान चाहनेलाई कतारले सहयोग गर्दै आएको बताए । साथै, कतार एयरवेजले अफगानिस्तानबाट विदेशीलाई निकालेर उनीहरुको देश फर्काउन पनि सहयोग गरिरहेको उनको जनाए । सोमबारसम्म त्यहाँबाट ७ हजार जनालाई उद्धार गरिसकिएको र यो संख्या अझै बढ्ने उनले बताए । 

अल थानीले काबुलस्थित कतार दूतावासले पनि त्यस्ता व्यक्तिहरुलाई सहयोग गरिरहेको जानकारी दिए । उनले आफ्नो देश फर्किन नपाएका नागरिकलाई सहयोग गर्न खोजिरहेको जनाउँदै कतारले अफगानिस्तानमा मानवीय संकट कम गर्न खोजेको स्पष्ट पारे ।

दुई दशकपछि अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि त्यहाँ रहेका विदेशी नागरिक अप्ठेरोमा परिरहँदा कतारले मानवीय संकट समाधानका लागि पहल गरिरहेको जनाएको हो । 


कस्तो लाग्यो ?

यो पनि