बैशाख १३, २०८१, बिहीबार
               

आइतबारयता काबुल विमानस्थलमा २० जनाको मृत्यु

एजेन्सी
भदौ ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । तालिबानले गत आइतवार अफगानिस्तानकाे राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थल र त्यस आसपास कम्तीमा २० जनाकाे ज्यान गएकाे छ ।

विमानस्थल र आसपास कम्तीमा २० जनाकाे मृत्यु भएको नेटाेका एक अधिकारीले बताएको खबर राेयटर्सले उल्लेख गरेको छ ।

ती अधिकारीका अनुसार, ‘काबुल विमानस्थलबाहिरकाे अवस्था खराब छ । हामी सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट बाहिर निकाल्न केन्द्रित छाैँ ।’   

‘​तालिबानसँगकाे कुनै पनि झडपबाट बच्नका लागि हाम्राे सुरक्षा बलले काबुल विमानस्थलकाे बाहिरी क्षेत्रदेखि दुरी बनाएकाे छ’, उनले भने । 

बेलायती रक्षा मन्त्रालयले यसअघि विमानस्थलबाहिर सात अफगान नागरिककाे ज्यान गएकाे बताएकाे थियाे तर आधिकारिक विवरण दिएकाे थिएन । 

बेलायती रक्षा उपसचिवले नागरिकलाई त्यहाँबाट बाहिर निकाल्ने प्रक्रियालाई तीव्रता दिइएकाे घाेषणा गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि