चैत १६, २०८०, शुक्रबार
               

ट्युनिसियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

ट्युनिस । ट्युनिसियाका राष्ट्रपति केइस सइदले देशभरि हिंसात्मक विरोध प्रदर्शन फैलिन थालेपछि संसद् भंग गर्दै प्रधानमन्त्री हिचेम मेचिचीलाई बर्खास्त गरेका छन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि राम्ररी काम गर्न नसकेको भन्दै हजारौं असन्तुष्ट प्रदर्शनकारीले सडकमा आएर प्रहरीसँग आइतबार भिडन्त गरेका थिए । राष्ट्रपति सइदले अब देशको कार्यभार नयाँ प्रधानमन्त्रीले सम्हाल्ने तथा आफूले मुुलुकमा शान्ति ल्याउन चाहेको घोषणा गरेका छन् ।

तर, विपक्षी राजनीतिक समूहहरूले राष्ट्रपतिको कदमलाई विद्रोहको संज्ञा दिएका छन् । आपतकालीन बैठक सम्पन्न भएपछि आइतबार टेलिभिजनमार्फत मुलुकलाई सम्बोधन गर्दै सइदले भनेका छन्– ‘ट्युनिसियामा सामाजिक शान्ति नफर्कुन्जेल र हामीले मुलुकलाई नजोगाउन्जेलसम्मका लागि हामीले यी निर्णय लिएका हौं । प्रधानमन्त्री मेचिचीलाई अपदस्थ गरिएको खुसीयालीमा पनि प्रदर्शनकारीहरू सडकमा ओर्लेका छन् । राष्ट्रपति सइद पनि राजधानी ट्युनिसमा भएको प्रदर्शनकारीहरूको भिडमा सम्मिलित भएका छन् ।

राजधानीलगायत अन्य शहरहरूमा संसद् विघटनको आह्वान गर्दै हजारौं जनताले सत्तारुढ पार्टीविरुद्ध विरोध प्रदर्शन गरेका छन् । सन् २०११ मा सरकारविरुद्ध भएको जनआन्दोलनपछिको यो अर्को ठूलो प्रदर्शन भएको हो । सुरक्षा फौजले संसद् भवन जाने सडक र एभेन्यु बोर्गिबा वरपरका सडकहरू पूर्णरूपमा नियन्त्रणमा लिएका छन् । राष्ट्रपति सइदले थप हिंसा भएको खण्डमा सेना परिचालन गरिने चेतावनीसमेत दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि