बैशाख ०७, २०८१, शुक्रबार
               

जिन्स लगाएको निहुँमा परिवारबाटै किशोरीको हत्या

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ । त्यहाँका सञ्चारमाध्यमहरुका अनुसार परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी १७ वर्षीया किशोरी नेहा पासवानको मृत्यु भएको हो ।

नेहाकी आमा शकुन्तला देवी पासवानका अनुसार जिन्स लगाएको विषयमा विवाद हुँदा नेहालाई उनका हजुरबुबा र काकाहरुले लाैरोले मरणासन्न हुने गरी पिटेका थिए ।‘उसले ब्रत लिएकी थिई । साँझपख उनले जिन्स पाइन्ट र टप लगाएर पूजा गन थाल्दा हजुरबुबा/हजुरआमाले उनको लुगाको विषयमा आपत्ति जनाएका थिए । नेहाले जिन्स लगाउनकै लागि बनाएको र आफूले लगाएको बताइन्’, नेहाकी आमाले भनिन् । उनका अनुसार सोही विवाद बढ्दै गएपछि घटनाले ठूलो रुप लिएको हो ।

शकुन्तला देवीका अनुसार मरणासन्न पिटाइबाट बेहोस भएपछि किशोरीकी काकीले रिक्सा बोलाएर अस्पताल लान लागेको बताइन् । तर, शकुन्तलालाई भने सँगै जान दिइएन । त्यसपछि शकुन्तलाले आफन्तलाई घटनाबारे जानकारी गराइन् र उनका आफन्तहरु अस्पतालमा किशोरीलाई खोज्न गएका थिए । त्यसको भोलिपल्ट, आफन्तहरुले गण्डक नदीको पुलमा किशोरीको शव झुण्डिरहेको सुने र त्यहाँ गएर हेर्दा उक्त शव नेहाकै रहेको पुष्टि भयो ।

प्रहरीले यो घटनामा हत्या र प्रमाण नष्ट गर्न खोजेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमा नेहाका हजुरबुबा, हजुरआमा, काका÷काकीहरु, काकका छोराहरु र रिक्सा चालक पनि सामेल छन् । अहिलेसम्म यस विषयमा आरोपीको बयान भने आएको छैन । वरिष्ठ प्रहरी अधिकारी श्रीयस त्रिपाठीले अहिलेसम्म नेहाका हजुरबुबा, हजुरआमा, काका र अटोरिक्सा चालकलाई पक्राउ गरिएको बताए । अन्य आरोपीको पनि खोजी भइरहेको उनको भनाइ छ ।

नेहाका बाबु पञ्जाबको लुधियानामा कन्ट्रक्सन साइटमा मजदुरी गर्छन् ।

 


कस्तो लाग्यो ?

यो पनि