बैशाख ११, २०८१, मंगलबार
               

कोरोना नियन्त्रणको मामिलामा अमेरिका गलत दिशामा हिँड्यो - फाउची

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोनाभाइरस नियन्त्रणका मामिलामा अमेरिका ‘गलत दिशामा हिँडिरहेको’ चेतावनी दिएका छन् ।

खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढ्न थालेपछि संक्रामक रोग विशेषज्ञ फाउचीले महामारी नियन्त्रणका लागि लिइएको हालको नीतिलाई पुनर्विचार गर्नुपर्नेसमेत बताएका छन् ।

सीएनएनसँगको कुराकानीमा फाउचीले खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिनु पर्ने सुझाएका छन् ।

अमेरिकामा हालसम्म कुल जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको जनाइएको छ । तर कतिपय राज्यमा खोप लगाउने दर कम हुँदा डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरणअनुसार अमेरिकामा १३ हजार ८१८ नयाँ संक्रमित थपिएका छन् भने ४९ संक्रमितको मृत्यु भएको छ । हालसम्म अमेरिकामा ३ करोड ५१ लाख ९९ हजार ४६५ जना संक्रमित भएका छन् भने ६ लाख २६ हजार ७६२ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि