चैत १५, २०८०, बिहीबार
               

युरोपमा १२ देखि १७ वर्षकालाई मोडर्नाको खोप लगाउन अनुमति

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

एजेन्सी । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिएको छ । यस्तोमा विश्वभरका राष्ट्रहरूले कोरोनाविरुद्धको खोप अभियानलाई युद्धस्तरमा अघि बढाइरहेका छन् । हाल १८ वर्षभन्दा माथिकालाई खोप दिइरहिएको छ । त्यही भएर अब बालबालिका भाइरसको जोखिममा रहेको बताइरहेको छ । 

युरोपियन युनियनको शीर्ष मेडिकल अङ्गले १२ देखि १७ वर्षका बालबालिकाहरूलाई मोडर्नाको खोपलाई लगाउन अनुमति प्रदान गरेको छ । यसअघि युरोपियन मेडिकल एजेन्सी (ईएमए) ले मेमा फाइजरको खोपलाई यस उमेर समूहका लागि अनुमति प्रदान गरेको थियो ।

ईएमएले स्पाइकभ्याक्स खोपलाई १८ वर्ष उमेरभन्दा माथिका लागि जस्तै १२ देखि १७ वर्ष उमेर समूहमा प्रयोग गर्न सकिने बताएको छ । उनीहरूलाई पनि ४ हप्ताको अन्तरमा खोपको दुई डोज दिइनेछ ।

ईएमएका अनुसार खोपलाई अनुमति दिन अघि १२ देखि १७ वर्ष उमेरका ३ हजार ७३२ जनामा यसको प्रयोग गरिएको थियो । यसमा सकारात्मक परिणाम प्राप्त भएको उनीहरूको भनाइ छ । सबैको शरीरमा उल्लेख्य मात्रामा एन्टीबडी निर्माण भएको पाइएको ईएमएको भनाइ छ ।

उता, फाइजरले १२ वर्षभन्दा कम उमेरकामा पनि खोपको परीक्षण सुरु गरिएको छ । विश्वका चार देशका ४५ सयभन्दा बढीमा यसको प्रयोग गरिँदै छ ।


कस्तो लाग्यो ?

यो पनि