बैशाख १२, २०८१, बुधबार
               

सैनिक विमान दुर्घटना हुँदा १२ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
जेठ २७, २०७८

प्रतिकात्मक
ADVERTISEMENT

म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ । 

सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।

उनले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिए । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार  १२ जनाको मृत्यु भएको जनाइएको छ । सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि