बैशाख १२, २०८१, बुधबार
               

साउदीसँग वार्ता गर्न इरान तयार

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

तेहरान । इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँग विवाद सुल्झाउन कुनै पनि तह र हिसाबले वार्ताका लागि तयार रहेको जनाएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैँ तत्पर रहेको जानकारी दिए ।

‘स्वर र भाषणको परिवर्तनले तनाव कम गर्न धेरै मद्दत पुर्याउँछ,’ खतिबजादेहले सञ्चारकर्मीसँगको साप्ताहिक भेटमा भने, ‘वार्ताबाट व्यवहारमा परिवर्तन ल्याउनसकिने र यसले जटिल समस्याहरूलाई हल गर्न सहयोग गर्छन् ।’

यस क्षेत्रका देशहरू, इरान र साउदी अरेबियाबीचको वार्ताले खाडी क्षेत्रलाई शान्ति, स्थायित्व र प्रगतिको मार्गमा अघि बढाउने पनि उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि