चैत १६, २०८०, शुक्रबार
               

आफन्तले विरोध गरेपछि बहराइनले दर्जनौं कैदीलाई रिहा गर्दै

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

एजेन्सी । बहराइनले कोरोनाको महामारीमा जेलमा रहेका कैदीहरू असुरक्षित भएको भन्दै कैदीका आफन्तहरूले विरोध गरेपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं कैदीलाई रिहा गरिदिने भएको छ । 

बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भीडभाड हुँदा कैदीहरूमा कोभिड–१९ संक्रमणको सम्भावना बढी भएको भन्दै उनीहरूलाई रिहा गरिने भएको हो । बहराइनको मानव अधिकारवादी संगठनका अनुसार सरकारी अधिकारीहरूले जेलमा रहेका राजनीतिक बन्दीसहित करिब २०० जनालाई रिहाईका लागि प्रक्रिया अघि बढाइएको छ ।

उक्त योजना अन्तर्गत राज्यको फावस्थित जेलबाट १६६ कैदी रिहा भइसकेका छन् भने अन्यलाई आवश्यक कानूनी प्रक्रिया पुर्याएर रिहा गरिनेछ । रिहा हुनेमा बहराइनका चिरपरिचित अधिकारकर्मी नबिल राजबका अविभावक ७५ वर्षीय मोहम्मद जावेद पनि रहेको जानकारी गराइएको छ । उहाँले १० वर्षदेखि जेल जीवन बिताउँदै आएका थिए ।

जेलमा रहेका तीन व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएपछि आपन्तजन र परिवारका सदस्यले कैदीको स्वास्थ्य सुरक्षाप्रति चासो व्यक्त गर्दै जेल प्रशासनमार्फत् सरकारलाई विरोध पत्र पठाउनुका साथै रिहाइको माग गर्दै आन्दोलन गर्दै आएका थिए । 

लन्डनस्थित ‘बहराइन इन्स्टिच्युट फर राइट्स एण्ड डेमोक्रेसी’ले दर्जनौं बन्दीहरूमा कोभिड–१९ संक्रमण फैलिएको बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि