बैशाख १४, २०८१, शुक्रबार
               

चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

चीनको पूर्वी क्षेत्रमा  भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो । घाइतेहरूलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरू छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि