बैशाख ०८, २०८१, शनिबार
               

जर्जियाका प्रमुख विपक्षी नेता पक्राउ

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

तिब्लिसी । जर्जियाली प्रहरीले मंगलबार यहाँको विपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ ।

नेता निका मेलियालाई दलको कार्यालयमा पुगी पक्राउ गर्ने क्रममा दलका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीबीच दोहोरो झडपसमेत भएको सरकारी अधिकारीले बताएका छन् । उक्त अवसरमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत चलाएको बताइएको छ ।

विपक्षी नेताको पक्राउपछि गत वर्ष सम्पन्न भएको भनिएको विवादित संसदीय निर्वाचनपछि जारी राजनीतिक संकटलाई अझ गम्भीर बनाउने अनुमान अधिकारकर्मीहरूले गरेका छन् । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजनमा देखिउका प्रत्यक्ष दृश्यमा जर्जियाको प्रमुख विपक्षी गठबन्धन, ‘यूनाइटेड नेशनल मुभमेन्ट’, का नेता निका मेलियालाई दलको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर हिरासतमा लगिएको देखिएको छ । 

यसैबीच सयौं दङ्गा प्रहरीले उनका समर्थकहरू र बुधवारदेखि भवनमा डेरा गरी रहेका देशका सबै विपक्षी दलका नेताहरू विरूद्ध अश्रुग्यास प्रयोग गरेको एमतावारी टिभीले प्रत्यक्ष दृष्यचित्रहरूमा देखाइएको छ । 

यो पनि