चैत १५, २०८०, बिहीबार
               

कुवेतमा सरकार विघटन

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

एजेन्सी । कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले सरकारबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजासमक्ष राजीनामा पेश गरेका थिए ।

तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध बिग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी दिएका थिए ।

उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरु अव विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए ।

उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि