चैत १५, २०८०, बिहीबार
               

दक्षिण अमेरिकालाई दियो डब्ल्यूएचओले चेतावनी

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व स्वास्थ्य संगठनले मध्य र दक्षिण अमेरिकामा कोरोना महामारी आफ्नो उच्चतम स्तरसम्म पुगिनसकेको भन्दै चेतावनी जारी गरेको छ । यसैबीच थुप्रै देशले लकडाउनमा छुट दिन सुरु गरिसकेको छ ।

डब्ल्यूएचओका डा. माइक रियानले मध्य र दक्षिण अमेरिकामा हाल कोभिड–१९ संक्रमणको स्थिती गम्भीर बनेको जानकारी दिएका छन् । मेक्सिकोमा अहिलेसम्म करिब १० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

यसैबीच यहाँ उत्खननको कार्य सुरु गरिसकिएको छ । दुई महिनाको लकडाउन पछि सोमबार यहाँ कार उत्पादन र निर्माण कार्य पुनः सुचारु गरिएको छ । यस्तै, ब्राजिलमा साओ पाउलोसमेत विभिन्न शहरमा लकडाउन खुकुलो पारिएको  छ ।

ब्राजिल कोरोना संक्रमणको मामिलामा अमेरिकापछि दोस्रो स्थानमा छ । यहाँ हालसम्म २९ हजार ३ सय १४ को मृत्यु भइसकेको छ । – बीबीसी

यो पनि