बैशाख १३, २०८१, बिहीबार
               

आइपुग्यो १० लाख डोज कोभिसिल्ड खोप

नेपाल फ्ल्यास
असोज २३, २०७८

ADVERTISEMENT

काठमाडौं । खरिद गरिए पनि आउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप आइपुगेको छ। भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको झण्डै साढे सात महिनापछि खोप आज आइपुगेको हो । खोप दिउँसो साढे २ बजे काठमाडौं आइपुगेको  हो।

नेपालले गत ५ फागुनमा सेरमसँग प्रतिडोज ४ डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो। सम्झौताअनुसार १० लाख डोज त्यसै वेला आए पनि १० लाख डोज आउन बाँकी थियो। समयमै खोप नआउँदा झण्डै पहिलो डोज लगाएका ज्येष्ठ नागरिकसहित झण्डै १३ लाख व्यक्ति समयमै दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए।

यसअघि भारत सरकारले सेरमबाट उत्पादित १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो। त्यसलगत्तै भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरूप १ लाख डोज कोभिसिल्ड पठाएको थियो।

त्यसपछि कोभ्याक्स सुविधामार्फत आएको ३ लाख ४८ हजार र खरिद गरेको २० लाखमध्ये १० लाख गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल आइसकेको छ।

 


कस्तो लाग्यो ?

यो पनि