बैशाख १३, २०८१, बिहीबार
               

आजदेखि ललितपुरमा १८ वर्षमाथिका सबैलाई भेरोसेल खोप लगाइँदै

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

काठमाडौं । ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो ।

जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार आज बुधाबारबाट १८ वर्षमाथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै खोप लगाउन थालिएको गेलालले बताए । आफूलाई पायक पर्ने पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाडौंले भने एकहप्ता अघि नै १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि