बैशाख ०७, २०८१, शुक्रबार
               

प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय बनाइने : डब्लुएचओ

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीको दौरान विद्यालय सञ्चालनलाई सुरक्षित बनाउँदै 'प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय' बनाइने संकल्प गरेका छन् ।

'स्वस्थ जीवनशैली, जीवन पर्यन्तका लागि स्वस्थ व्यवहारको प्रवर्द्धन गर्न र कुनै पनि समाजको दिगो विकासका लागि जनशक्तिको विकास गर्न विद्यालयहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । स्वस्थ विद्यालयहरूबाट विशेष आवश्यकता भएका बालबालिकाहरूसहित सबै सामाजिक, आर्थिक पृष्ठभूमिका बालबालिकाहरू लाभान्वित होउन् भन्नका लागि हामीलाई समग्र सरकार पद्धतिको आवश्यकता पर्छ,' क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै एब्लुएचओ दक्षिणपूर्वी क्षेत्रकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनिन् ।

विद्यालय स्वास्थ्य तथा स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालयहरूलाई पुनरुत्थान गर्ने संकल्प प्रस्ताव पारित गर्दै सदस्य राष्ट्रहरूले महामारीका कारण बन्द भएको विद्यालयका कारण कलिला बालबालिका र किशोरकिशोरीहरूको सिकाइ, वृद्धिविकास तथा स्वास्थ्यमा पारेका प्रभावका बारेमा चासो व्यक्त गरेका थिए ।

सदस्य राष्ट्रहरूले विद्यालयहरूलाई सुरक्षित रूपमा पुनः खोल्ने तथा महामारीको दौरान पनि सुरक्षित तरिकाले संञ्चालन गर्नुपर्ने आवश्यकताका बारेमा विचार विमर्श गरेका थिए ।

भदौ २१ देखि २५ गतेसम्म गरी पाँच दिनसम्म चलेको क्षेत्रीय बैठकको क्रममा सदस्य राष्ट्रहरू विश्व स्वास्थ्य संगठनको विश्वव्यापी लक्ष्य तथा दिगो विकास लक्ष्य २०३० अनुरूप भाइरल हेपाटाइटिस, एचआइभी तथा यौनजन्य सङ्क्रमणका विषयमा एकीकृत क्षेत्रीय कार्ययोजना विकास गर्ने कुरामा सहमत भएका छन् ।

क्षेत्रीय कार्यकारी समितिको बैठकको अन्य विशेषताहरूमा सदस्य राष्ट्रहरूले मन्त्रिस्तरीय बैठकमा स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न महामारीबाट शिक्षा लिने र स्वास्थ्य प्रणालीको उत्थानशीलता सुदृढ बनाउने गरी घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

यो पनि