बैशाख १४, २०८१, शुक्रबार
               

अमेरिकाले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोना महामारीविरुद्ध लड्न अमेरिकाले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

पहिलो खेपमा सर्जिकल मास्क,फेस सिल्ड, पञ्जा, भेन्टिलेटर तथा अक्सिजनसँग सम्बन्धित् सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको अमेरिकी सहयोग नियोग यूएसएआईडीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएसएआईएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेका हुन् । अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो । भोली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक हजार आक्सिजनका सिलिण्डर हस्तान्तरण गर्ने पनि यूएसएआईडीले जनाएको छ ।

आउँदो दुई दिनभित्र अमेरिकाबाट थप स्वास्थ्य सामग्री आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको लडाइका लागि यो आपतकालीन सहयोग गरेकोे छ । यसअघि एक सय थान भेन्टिलेटर, कोरोना परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो ।

यस्तै, आजै स्वीट्जरल्यान्डले पठाएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । स्विस राजदूत एलिजाबेथ भोन क्यापेलरले काेराेना संकटसँग लड्न ४० वटा भेन्टिलेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्‍यापिड एन्टिजेन किटस् लगायत स्वास्थ्य साम्रगी स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि