बैशाख १२, २०८१, बुधबार
               

अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न सर्वोच्चको आदेश

नेपाल फ्ल्यास
जेठ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममा अस्पताल र स्वास्थ्य संस्थाहरुमा बेडको अभाव भएमा अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न आदेश जारी गरेको छ ।

अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले सो आदेश दिएको हो । 

खाली ठाँउ र भवनमा अस्थायी अस्पताल, उपचार केन्द्र बनाइ संक्रमितको उपचार गर्नू सर्वोच्च आदेशमा भनिएको छ । सर्वोच्च अदालतले त्यस्ता उपचार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरी प्रभावकारी उपचार गर्नु भनी सरकारका नाममा आदेश दिएको छ ।

स्वास्थ्य विज्ञहरुको सल्लाह सुझाव अनुसार छुट्टै संयन्त्र बनाइ कोरोना नियन्त्रण, रोकथामका लागि व्यवसथा गर्न पनि सर्वोच्चले आदेश दिएको हो ।


कस्तो लाग्यो ?

यो पनि