बैशाख १३, २०८१, बिहीबार
               

कोरोनाबाट एउटै समुदायका ९ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ ०४, २०७८

ADVERTISEMENT

दैलेख । दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका ९ जनाको मृत्यु भएको छ । वडामा कोरोना संक्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो ।

मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए । 

उनिहरुको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य ६ जनामध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए । यहाँ कामको लागि भारत गएका स्थानीयवासी घर फर्केसँगै १५ दिनभित्र ९ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

एउटै समुदायभित्र ९ जनाको मृत्यु भएपछि अहिले अवस्था असामान्य बनेको छ । दुल्लु–१२ को एउटै टोलमा १०० भन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।

‘रातदिन नभनी स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा गएका छौँ, अधिकांशमा ज्वरो र रुघाखोकी रहेको छ’, भण्डारीले भने । औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले परीक्षणलाई तीव्र पारेको छ ।


कस्तो लाग्यो ?

यो पनि