बैशाख १२, २०८१, बुधबार
               

थप सात हजार ६६० जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा कुल १६ हजार १३१मा पिसिबार र ५७१ एन्टिजेन परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ ।

मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आइसियुमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७  हजार ७९० जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमणबाट तीन हजार ४१७ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि