बैशाख ०४, २०८१, मंगलबार
               

भारतमा एकै दिन दुई लाख १६ हजारभन्दा बढीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा दुई लाख १६ हजार आठ सयभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।त्यसैगरी, वर्ल्डओमिटरका अनुसार सोही अवधिमा एक हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७ हजार पुगेको छ । 

पछिल्लो २४ घन्टामा मात्रै भारतमा दुई लाख १६ हजार ८५० संक्रमित थपिएको वर्ल्डओमिटरले जनाएको छ । संक्रमित भएको यो संख्या भारतमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यसअघि हिजो भारतमा १ लाख ९९ हजार ५६९ संक्रमित थपिएका थिए । भारतमा हालसम्म १ करोड २५ लाख ४३ हजार बढी संक्रमणमुक्त भएका छन् ।

भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार नाघेको छ । त्यस्तै १ लाख ७४ हजार ३३५ कोरोना संक्रमितको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि