बैशाख ११, २०८१, मंगलबार
               

आफैंले सुरु गरेको ‘बालुवाटार बैठक’ परम्परा तोड्दै देउवा

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै आलोचना हुँदै आएपछि कांग्रेस सभापतिसमेत रहेका देउवाले अब पार्टी कार्यालयमै बैठक राख्ने बताएका नेताहरु बताउँछन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनुभएको छ,’ नेता गगन थापाले भने, ‘यो विश्वासलाई कायम राखिदिनु होला ।’ देउवाले यो सुझावलाई सकारात्मक रुपमा लिएको पनि नेताहरु बताउँछन् ।  

पछिल्लोपटक देउवा प्रधानमन्त्री नियुक्त भएको पाँच दिन भयो । उनले लगातार दुईवटा पदाधिकारी बैठक बालुवाटारमै बसालिसकेका छन् । त्यसो त यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टीको बैठक बालुवाटारमा नराखेका होइनन् ।

तर, सत्ताको नेतृत्व गरेको पार्टीका बैठक प्रधानमन्त्री निवासमा बस्ने चलनको सुरुआत देउवाने नै चलाएका नेताहरु बताउँछन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएको बेलादेखि बालुवाटारमा पार्टीको बैठक राख्ने चलन सुरु भएको हो । 

त्यति बेला प्रधानमन्त्री कार्यालयमै काम गरेका एक कर्मचारीका अनुसार कांग्रेस प्रजातान्त्रिकका सभापति हुँदा र प्रधानमन्त्री भएका बेला देउवाले आफ्नो पार्टीका तीन-चार वटा बैठक बालुवाटारमा राखेका थिए । ०६२-६३को आन्दोलनपछि तत्कालीन कांग्रेस गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार बन्यो । त्यही बेलादेखि मन्त्रिपरिषद् बैठक पनि  प्रधानमन्त्री निवासमा बस्ने चलन सुरु भयो ।

त्यतिखेर केही नेताहरूले मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नुपर्ने आवाज उठाए । तर, कोइरालाको स्वास्थ्यका कारण निवासमै मन्त्रिपरिषद् बैठक बस्न थाल्यो ।

सरकारी सम्पत्तिमा पार्टीको रजाइँ

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीको सरकार हुँदा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठक बोलाउँथे । पछिल्लो समय दलहरूले पार्टीको बैठक सरकारी निवासमा राख्ने चलन सामान्यजस्तै भैसकेको छ । दोस्रोपटक देउवा प्रधानमन्त्री हुँदा चलेको यो चलन उनी पाँचाैंपटक प्रधानमन्त्री हुँदासम्म जारी  छ । 

प्रधानमन्त्रीलाई सजिलो पार्न पार्टी कार्यालयको साटो बालुवाटारमा बैठक राख्नुपरेको नेताहरूले बताउँदै आएका छन् । सामान्यतया प्रधानमन्त्री अरू नेताभन्दा बढी व्यस्त हुन्छन् । पार्टी कार्यालयसम्म बैठकमा जाने आउने समयको बचत गर्न भन्दै सरकारी निवासमै बैठक राख्न थालियो ।

साधारणता पार्टीका प्रमुख नै संसदीय दलको नेता बनाइन्छन् । ती दलको नेतृत्वमा सरकार बनेका पार्टी प्रमुख नै प्रधानमन्त्री हुन्छन् । उनीहरु सरकारी काम र पार्टीको काम दुबैमा  व्यस्त हुन्छन् । बालुवाटारमा बैठक भए एकै छिन निस्केर सरकारी काम गर्न पनि भ्याउने भएकाले समेत पार्टीको बैठक बालुवाटारमै राख्नुपरेको पूर्व प्रधानमन्त्री केपी  ओलीका प्रेस सल्लाहकार सूर्य थापा बताउँछन् ।

उनी भन्छन् ‘कतिपय बैठक बैठक लामो हुन्छन् । एक दुई घण्टामा सकिँदैनन् । तीनचार दिनसम्म चल्छन् । बिचमा कुनै थोरै समय सरकारी काम परेमा प्रधानमन्त्री सोही काम गर्ने गएर फर्कन सक्ने भएकाले सहजताको लागि बालुटारमा बैठक राखियो ।’

ओलीभन्दा अघि प्रधानमन्त्री बनेका देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतले समेत त्यही गरेका थिए । ‘सरकारी निवास बालुवाटारमा पार्टीको बैठक किन ?’ भन्ने प्रश्नमा ती दलका नेताहरूको यही जवाफ हुन्थ्यो ‘प्रधानमन्त्रीलाई सहजताको लागि ।’

पार्टीको बैठक बस्दा उपस्थितको खाना, खाजा पानीलगायत अन्य सुविधाको व्यवस्था खर्च पार्टीले बेहोर्नुपर्छ । सरकारी निवासमा बैठक बस्दा खर्चसमेत सरकारकै हुन्छ ।

प्रधानमन्त्री कार्यालयमा लामो समय काम गरेका एक सचिवका अनुसार, प्रधानमन्त्री निवासको बैठक खर्च भन्ने शीर्षकमा निकासाका लागि प्रधानमन्त्री कार्यालयमा एकमुस्ट बिल आउने बताए । उनले भने  ‘एक मुष्ट बिल आउँछ, त्यो सरकारी कामको वा पार्टीको कामको के को हो केही थाहा हुँदैन ।’

यो पनि