बैशाख १२, २०८१, बुधबार
               

पूर्वराजा भारत जाँदै

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञान्द्र शाह भारत जाने भएका छन् । हरिद्वारमा सञ्चालिल महाकुम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वरानी कोमल राज्यलक्ष्मीसहित भारत जान लागेका हुन् । सोमबार पूर्वराजाको सचिवालय विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

बिहीबार पूर्वराजासँगै पूर्वराजी कोमल राज्यलक्ष्मी पनि भारत जाने कार्यक्रम रहेको सो विज्ञप्तिमा उल्लेख छ । 

‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव तथा पूर्व श्री ५ बडामहारनी कोमल राज्यलक्ष्मी शाह भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी होइबक्सन यही चैत्र २६ गते बिहीबार सवारी होइबक्सदँदै छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

 


कस्तो लाग्यो ?

यो पनि