बैशाख १२, २०८१, बुधबार
               

पशुपतिनाथ मंसिर ३० मा क्षमापूजा, पुस १ देखि खुल्ने

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना कहरले भक्तजनका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आउँदो पुस १ बाट खुल्ने भएको छ । गएको वर्ष चैत ११ देखि भक्तजनका लागि बन्द गरिएको थियो ।

मन्दिर खुल्ने अघिल्लो दिन मंसिर ३० गते पशुपतिनाथमा क्षमापूजा हुनेछ । क्षमापूजा गरी भक्तजनका लागि मन्दिर खोलिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

त्यस्तै हरेक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य सामग्रीको प्रदर्शनी यस वर्ष नराखिने भएको छ ।

बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायतका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सामग्री प्रदर्शनमा राख्ने परम्परा रहेकामा यस वर्ष कोरोना महामारीका कारण मन्दिर भक्तजनका लागि बन्द रहेकाले नदेखाइने निर्णय भएको निर्देशक खतिवडाले बताए ।

बहुमूल्य सामग्री पशुपति मेलामा आउने भक्तजनलाई लक्ष्य गरी वर्षमा एकपटक देखाउने प्राचीन कालदेखिको परम्परा यस वर्ष स्थगित गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि