बैशाख ०८, २०८१, शनिबार
               

मनकामना मन्दिर र केबल कार खुल्दै

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

कोभिड १९ महामारीका कारण विगत ९ महिनादेखि बन्द रहेको मनकामना मन्दिर र मनकामना केबल कार आउने आइतबार, २८ मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ ।

मनकामना दर्शन प्रा. लि. का कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठका अनुसार संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर र केबल कार सञ्चालनमा आउने छ । साथै उनले नियमित केबल कार सञ्चालनका लागि अहिले मर्मत सम्भारको कार्य भइरहेको जानकारी पनि दिए । मनकामना क्षेत्र विकास समितिले पनि सुरक्षाका उपाय अपनाएर पूजा सुरु गर्ने निर्णय गरि सकेको छ ।

कोरोना भाइरसले महामारीको रूप लिन सक्ने भन्दै सरकारले गत ११ चैतमा पहिलो पटक लकडाउनको घोषणा गरेसँगै मनकामना मन्दिर र केबल कार बन्द गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि