बैशाख ११, २०८१, मंगलबार
               

माधुरी दीक्षितको जीवनमा ‘तेजाब’ कोशेढुंगा

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

अभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपूर्ण मानिन्छ । उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन् । फिल्म ‘तेजाब’को गीत ‘एक दो तीन चार पाँच छे’मार्फत लोकप्रिय बनेकी माधुरी पछिल्लो समय ठूलो पर्दाको तुलनामा सानो पर्दामा सक्रिय छिन् । 

हाल डान्स दिवानेको तेस्रो सिजनमा निर्णायकको भूमिकामा रहेकी माधुरीको नृत्यको चर्चा राम्रो हुने गर्छ । उनको सुन्दरता र नृत्यको चर्चा पछिल्लो समय पनि उत्तिकै छ । उनले दिने एक्सप्रेसनले दर्शक मोहित हुने गरेका छन् । 

५४ वर्षीया माधुरीको सुन्दरताको चर्चा नगर्ने बलिउडमा सायदै छन् । यद्यपि सुरुवाती दिनमा माधुरीको नृत्य राम्रो थिएन । उनले नृत्य र एक्सप्रेसनलाई एकसाथ प्रयोग गर्न कोरियोग्राफर सरोज खानबाट सिकेकी हुन् । स्कुल र कजेल लाइफमा कहिले काहीँ स्टेजमा देखिएको माधुरीले कत्थक नृत्य गर्छु भन्ने सोचेकी थिइन् । माक्रोबायोलोजी अध्ययन गर्ने तयारीमा रहेकी माधुरीलाई कक्षा १२ मै ‘अबोध’ नामक फिल्मको अफर भयो । तर , उनको परिवार भने फिल्म खेलाउने मनसायमा थिएन । 

यसैबीच, एक पटक अफर गरिएको प्रोडक्सन हाउस राजश्रीमा जाने निर्णय परिवारले ग¥यो । उनलाई राजश्री प्रोडक्सनमा काम गर्ने गोविन्द मुनेशले फिल्म अफर गरेका थिए । गोविन्दको छोरी र माधुरीको दिदीसँगै पढ्ने भएकोले राजश्रीसम्म कुरा पुगेको थियो । ‘त्यो समयमा राजश्रीले कलेज गर्ल खोजेको रहेछ । त्यसैले मुनेशजीले मलाई अफर गर्नुभयो । उहाँले एक पटक भेट्न कर गरे पछि हामी सपरिवार भेट्न पुग्यौँ’, माधुरीले भनिन् ।


कस्तो लाग्यो ?

यो पनि