बैशाख ०८, २०८१, शनिबार
               

प्रशान्त तामाङको मृत्युको गलत हल्ला एकाएक कसरी भाइरल भयो ?

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

मंगलबार दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायतका क्षेत्रमा अभिनेता तथा गायक प्रशान्त तामाङको मृत्युको हल्ला फैलियो । सामाजिक संजालबाट यस्तो खबर फैलिएपछि यो कुराले उनका प्रशंसकलाई दुःखी बनायो भने तामाङकी श्रीमतीले प्रशान्त जीवित रहेकाे भन्दै विज्ञप्ति नै निकाल्नु पर्‍यो ।

सितिमिति सार्वजनिकरुपमा नआउने उनकी पत्नी मार्थाले मृत्यु हल्लाको खण्डन गर्दै आफ्नो श्रीमान जीवित र स्वस्थ रहेको कुरा बताएकी छिन् । मार्था लेख्छिन् : सामाजिक संजालमा फेक न्यूज फैलिएपछि म यो लेख्न बाध्य छु । मेरो श्रीमान भगवानको आशिर्वादले जीवित र स्वस्थ हुनुहुन्छ । मेरो परिवार, आफन्त र साथीभाइले फोन र म्यासेज गरेर चासो दिनुभएको छ । चासो र मायाप्रति धन्यवाद ।’

आफ्नै मृत्युको हल्ला फैलिएपछि प्रशान्तले पनि लेखेका छन् : मेरो आयु अझै लामो होस् भनी शुभकामना दिनुभएकोमा हजुरलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’


कस्तो लाग्यो ?

यो पनि