चैत १६, २०८०, शुक्रबार
               

‘कमेडी च्याम्पियन’को आज फाइनल, को बन्ला च्याम्पियन ?

नेपाल फ्ल्यास
असोज ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । गत वर्षको तुलनामा यो बर्ष कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ निकै चर्चित रहन पुग्यो । शोलाई धेरै चर्चा दिलाउने काम अन्य प्रतियोगी मध्ये बढी भरतमणि पौडेलले गरे । उनको पूर्व युवराज पारस शाहको गेटअपदेखि अन्य धेरै प्रस्तुति शोको चर्चाको कारण भयो ।

भरतमणि अलवा सन्तोष थापा र विक्की अग्रवालले पनि शोको चर्चामा इटा थप्ने काम गरे । यी तीन प्रतियोगीनै अहिले शोको फाइनलमा छन् ।  विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्म आएका तीन मध्येबाट एकले आज शनिबार हुने फाइनलमा उपाधि उठाउनेछन् । उपाधि विजेताले कार र थुप्रै गिफ्ट समेत हात पार्दछन् ।

भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका हुन्, भने विक्की र सन्तोषलाई प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्म ल्याएको हो । तीनमध्ये एकले मात्र उपाधि उठाउने छन् । उपाधिमा प्रमुख दावेदार भरतमणिलाई लिने गरिएको छ । तर सन्तोष र विक्की मध्य एकले पनि उपाधि उठाउन सक्ने सम्भावना रहेको छ । तीन प्रतियोगी मध्य भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका हुन् ।

विक्की अग्रवाल नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने साहसी प्रतिभा मानिएका छन् । भरतमणी पौडेल समकालीन हास्यब्यङ्ग्यको उत्कृष्ट उदाहरण र सन्तोषलाई विकी र भरतमणि सुन्दर ‘फ्युजन’ भनेर चर्चा गरिने गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि