बैशाख ०८, २०८१, शनिबार
               

हास्य टेलिसिरियल ‘सक्किगोनि’ अब आफ्नै युट्युब च्यानलमार्फत प्रशारण

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ । यसअघि, यसको युट्युब राइट्स ओ एस आर डिजिटलले लिएको थियो । ओएसआरसँगको एक वर्षको सम्झौता अवधि सकिएका कारण टेलिसिरियललाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने निणर्य गरिएको यसका लेखक निर्देशक एवं कलाकार कुमार कट्टेलले जानकारी दिए ।

उनले भने, ‘उहाँहरुसँग एक वर्षको सम्झौता गरेका थियौं । त्यो अवधि सकियो । टिममा अहिलेलाई आफ्नै च्यानलमा ल्याऔं भन्ने सल्लाह भएपछि यो निणर्य गरेका हौं ।’ हिमालय टेलिभिजनबाट बिहीबार राती ८ बजे प्रशारण हुने टेलिसिरियल ९ बजे जेपिटी क्रियसनको युट्युबमा सार्वजनिक हुनेछ ।

कुमारले टेलिसिरियलको बिहीबारको भाग विगतमा भन्दा फरक रहेको समेत बताए । बिहीबारको भाग कमेडीभन्दा सामाजिक विषयवस्तुमा आधारित हुने बताए ।

यो पनि