बैशाख १४, २०८१, शुक्रबार
               

रचना र नविनको ‘चट्ट माया’ सार्वजनिक

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत ‘चट्ट माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मिलन विष्टको शब्द र गायक रावलकै संगीत छ ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझी फिचर्ड छन् ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

शिव दर्शन फिल्मसको प्रस्तुतिमा बनेको भिडियो गायत्री थापाले निर्माण गरेकी हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि