बैशाख ०७, २०८१, शुक्रबार
               

सामसँग ब्रिटनीको सुटुक्क इन्गेजमेन्ट

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

लसएञ्जल्स । अमेरिकी गायिका ब्रिटनी स्पेयर्स पुनः एकपटक आफ्नो रोमान्सलाई लिएर चर्चामा छिन् । हालै मात्र उनले सामाजिक सञ्जालमा प्रेमी साम असगरीसँग इन्गेजमेन्टको घोषणा गरेकी छन् ।

३९ वर्षीया ब्रिटनीले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनीसँग प्रेमी साम पनि उपस्थित छन् । उनले हिराको औठी लगाएकी छन् । सेमले पनि आफ्नो इन्स्टाग्राम एकाउण्टमा ब्रिटनीको हातमा औंठी लगाएको तस्वीर राखेका छन् ।

ब्रिटनी र सामको भेट सन् २०१६ मा म्यूजिक भिडियो ‘स्लम्बर पार्टी’को सुटिङको समयमा भएको थियो । यो भेटपछि उनीहरु मिल्ने साथी भए र पछि उनीहरुले एकअर्कालाई प्रेमीप्रेमिकाका रुपमा चिनाए ।

ब्रिटनीको यो पहिलो विवाह होइन । उनले यसअघि र्यापर केविन फेडरलिनसँग विवाह गरिसकेकी छन् । केविनबाट उनीहरुको दुई सन्तान छन् । त्यसपछि उनीहरु दुवैले सम्बन्धविच्छेद गरे ।

त्यसपछि उनले अमेरिकी अभिनेता तथा कमेडियन जेसन अलेक्जेण्डरसँग विवाह गरिन् । उनको यो विवाह केवल ५५ घण्टामै टुटेको थियो ।

सामको कुरा गर्दा २७ वर्षका उनी इरानमा जन्मिएका हुन् । उनी इरानी मूलका अमेरिकी पर्सनल ट्रेनर हुन् सँगै अभिनेता पनि । १२ वर्षको उमेरमा उनी इरान छोडेर लसएञ्जल्स आएका थिए ।

यो पनि