चैत १५, २०८०, बिहीबार
               

‘म राजेश हमाल’मा राजेश हमालले नै अभिनय नगर्ने

नेपाल फ्ल्यास
भदौ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । चलचित्र ‘म राजेश हमाल’मा अभिनेता राजेश हमालले अभिनय नगर्ने भएका छन् । नायक हमालकै नाम राखेर केदार भुसालको निर्माणमा तयार हुन लागेको यो चलचित्रका लागि उनलाई विशेष भूमिकामा अफर गरिएको थियो ।

तर, नायक राजेश हमालले भने यो चलचित्रको नाममा आफ्नो नाम राख्न स्वीकार गरे पनि अभिनय गर्न भने अस्वीकार गरेको बुझिएको छ ।

चलचित्रमा नायक आर्यन सिग्देलले भने विशेष भूमिकामा अभिनय गर्दैछन् । चलचित्र ‘म राजेश हमाल’ले राजेशको बायोेपिक कथा नभन्ने निर्माता भुसाल बताउँछन् । यो चलचित्र राजेश हमालको जीवनबाट प्रभावित भने छ ।

हमालले गत बर्ष नै चलचित्र ‘सत्यम्’मा काम गर्ने सम्झौता गरिसकेका छन् । यो चलचित्रको शीर्ष भूमिकामा देखिन लागेकाले पनि हमालले अन्य चलचित्रमा काम गर्न अस्वीकार गरेका हुन् ।

यो चलचित्रमा संचिता लुइटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवनराज उप्रेती, संजोग रसाइली, अस्मिता लामिछाने लगायतको अभिनय रहनेछ । चलचित्रको छायांकन धनगढीबाट सुरु गर्ने तयारीमा निर्माणपक्ष रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि