बैशाख ०८, २०८१, शनिबार
               

टिकटकले गर्दा नयाँ पुस्ताका कलाकारलाई भयंकर चुनौती : राजेश हमाल

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली चलचित्रका सफल नायक राजेश हमालले अहिले टिकटकमा हरेक वर्गका मानिसहरुको आकर्षण देखेर आफू छक्क परेको बताएका छन् ।

कान्तिपुर फिल्म एकेडेमीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै हमालले भने–‘हामीले चलचित्रमा काम गर्दाको समयमा कुनै स्थानिय बासिन्दालाई पृष्ठभूमीमा अभिनय गरिदिनुहोस् न भन्दा उहाँहरु लजाउनु हुन्थ्यो । तर, अहिले टिकटक देखेर म त छक्कै पर्छु । नातीदेखि हजुरआमासम्म सबैले टिकटकमा आफ्नो कला देखाइरहनुभएको छ । यसैले, चलचित्र क्षेत्रमा केही गर्छु भनेर आउने नयाँ पुस्तालाई भयंकर चुनौती छ ।’

उनले अगाडि भने–‘यही क्षेत्रमा करिअर बनाउनका लागि, उत्कृष्ट हुनका लागि चुनौती छ । सामान्य व्यक्ति र कलाकार कसरी छुट्टिने भन्ने अवस्था छ । अहिले त टिकटकमा कलाकार पनि नाचिरहेका छन् । अब, कलाकारले फरक के ल्याउन सक्छन्, के नयाँ दिन सक्छन् भन्ने मुख्य कुरा हो ।’


कस्तो लाग्यो ?

यो पनि