बैशाख ०६, २०८१, बिहीबार
               

पवनदीपले जिते इन्डियन आइडलको उपाधि

एजेन्सी
साउन ३२, २०७८

ADVERTISEMENT

१२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि पवनदीप राजनले  जितेका छन् । 

आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधि जितेका हुन् ।

अन्य प्रतिस्पर्धी सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै पवनदीपले अवार्ड उचालेका हुन् ।

२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो ।

गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन् । 

उनले गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा समेत बजाउँछन् ।

यो पनि