असोज ०७, २०७८, बिहीबार
               

‘हाम्रो प्रतिभा आइडल २०२१’ उपाधि इलामकी सम्झनालाई

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

काठमाडौं । हाम्रो प्रतिभा चौतारीको आयोजनामा ‘हाम्रो प्रतिभा आइडल २०२१’ भर्चुअल विधिबाट सम्पन्न भएको छ । प्रतियोगितामा इलामकी सम्झना राई विजेता बनेकी छिन् ।  करिब दुई महिना अघिबाट अनलाइन गायन प्रतियोगिताको रुपमा सुरु भएको यस प्रतियोगितामा ७९ जनाले भाग लिएका थिए ।

विभिन्न चरणहरु पार गर्दै ५ जना फाइनल पुगेका थिए । प्रतियोगितामा प्रमुख निर्णायक गायक तथा संगीतकार राज सागर थिए । फाइनलमा गायक तथा अभिनेता जयनन्द लामा, यम बराल, जनवादी गायक प्रदीप देवान, गायिका माण्डवी त्रिपाठी,  गायक कमल खत्री,गायक लाक्पा शेर्पा, गायिका सुरक्षा सेन्चुरी, गायिका सिर्जु अधिकारीको उपस्थिति थियो ।

त्यस्तै, झापाकी तृषा विष्ट, इलामका विजय भण्डारी, झापाका अर्पण उप्रेती, स्याङजाका विशाल रानाभाट क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं भएका छन् ।

प्रतियोगीहरुलाई पुरस्कारस्वरुप नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रमको उद्घोषण आशिष शाह ठकुरी र वर्षा भट्टले गरेका थिए । कार्यक्रमको व्यवस्थापक प्रवीण श्रेष्ठ हुन् ।

यो पनि