चैत ३०, २०७७, सोमबार
               

एकै दिनमा एक लाखको फोटो बिक्री

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

तनहुँ । आन्द्राको क्यान्सर भएर उपचाररत दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार रु एक लाखको फोटो बिक्री भएको छ । 

व्यास नगरपालिका–४ निवासी फोटोग्राफर दरैले खिचेको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थललगायतका फोटो सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका एउटा फोटोको दुई हजार रुपैयाा मूल्य कायम गरिएको सहकर्मी युवराज भण्डारीले जानकारी दिए । व्यावसायिक फोटोग्राफर तथा सङ्गीतमा समेत सक्रिय दरैको हाल भारतमा उपचार भइरहेको छ ।

क्यान्सरका कारण तीन वर्षयता थलिएको उनको उपचार खर्च जुटाउन उनका शुभेच्छुकले साङ्गीतिक कार्यक्रममार्फत आर्थिक संकलन गर्दै आएका हुन् । दरैले खिचेका फोटो हेर्न आएका सर्वसाधारणको भीड लाग्ने गरेको छ भने फोटो अवलोकनपश्चात मन परेका फोटो खरिद गरेर लैजाने गरेको भण्डारीले बताए । 

यो पनि