चैत १६, २०८०, शुक्रबार
               

चलचित्रको 'ए'को छायाँकन हुँदै

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

काठमान्डौं । चलचित्र 'ए'काे छयाङ्कन मंगलबारदेखि सुरु भएकाे छ । विलभ्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर चलचित्र 'ए'को छायाँकन सुरु भएको हाे । कलाकार रवि गिरीले मुर्हत टेक दिएर सुरु भएको चलचित्रको छायाँकन काठमान्डौं, बनेपा र सागाँमा हुने निर्माण टिमले जानकारी दिएको छ ।

यस चलचित्रको मुख्य भूमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत र रवि गिरी छन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सि.एमभारद्वाज, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गिता विष्ट । बालकलाकारमा जसिका घिमिरे, अभिमानसिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।

यो चलचित्रको पटकथातथा सम्बादभने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाङ्कन मोहनकुमार झिल्लुले गर्नेछन् भने सक्पादनमा अनिलकुमार महर्जनको छ । यस चलचित्रको निर्देशन भने भोमन कटुवालले कटुवालले गर्ने चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि