बैशाख १३, २०८१, बिहीबार
               

चर्चा सल्लाघारीको

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

हालै सार्वजनिक भएको ‘सल्लाघारी’बोलको म्युजिक भिडियो चर्चाको शिखरमा छ । भिडियोमा लोकप्रिय मोडल फरिता खड्का र जिबेश गुरुङको अभिनय छ । ‘सल्लाघारी सुसाउँछ हावा सिर सिरी, चौतारीमा सुसाउँछु डोको नाम्लो भिरी’ क्लासिक डान्सिङ गीतको भिडियो युटुवमा दिनप्रतिदिन भ्युज बढ्दै छ ।

मोडल फरिता भन्छिन्, ‘राम्रो सृजना बन्न शब्द, सङ्गीत तथा गायनको तथा म्युजिक भिडियोको संयोजन मिल्नुपर्छ । यो गीतमा त्यो सबै छ । यसैले धेरैले रुचाएका छन् । अझै धेरैको मन जित्ने मैले अपेक्षा गरेको छु ।’ 

‘सल्लाघारी’ अमेरिकामा रहेर नेपाली गीतमा मिठो आवाज दिँदै आएकी गायिका डा.रानी शाक्यको नयाँ गीत हो । विक्रम थापाको सङ्गीत एवं राजेश शाक्यको शब्द रहेको यस गीतलाई अहिलेका चर्चित स्टोरी मेकर निर्देशक देव धिमालले निर्देशन गरेका हुन् । यस गीतलाई छांयाकन रामेश्वर हुमागाईँ , सम्पादन विजय राज भुर्तेल को रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि