चैत १६, २०८०, शुक्रबार
               

कलाकारको नाक, कान, घाँटी स्वस्थ रहन आवश्यक छ : पूर्वअध्यक्ष रायमाझी

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष दुर्गा रायमाझीले कलाकारको नाक, कान, घाँटी स्वस्थ रहन आवश्यक रहेको बताएका छन् ।

शनिबार प्रतिष्ठानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन् । उक्त शिविरमा प्रतिष्ठानसँग आवद्ध विभिन्न व्यक्ति तथा कलाकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षण कार्यक्रम पूर्व रायमाझीको प्रमुख आतिथ्यमा टोखा नगरपालिका– ७ धापासीस्थित प्रतिष्ठानकै केन्द्रिय कार्यालयमा आयोजना गरिएको थियो । चिरायु नेशनल हस्पिटल एण्ड इन्स्टिच्युट प्रालिको सहयोगमा कलाकारहरुका नाक, कान, घाँटीलगायतको परीक्षण गरिएको थियो ।

कार्यक्रमा रायमाझीले विशेषः कलाकारहरुले जहिले पनि नाक, कान, घाँटीको माध्यमबाट गीत पस्किन पर्ने र यस्ताखाले कार्यक्रम प्रतिष्ठानले आयोजना गरेको भन्दै प्रशंसा गरे । ‘कलाकारहरुले यही माध्यमबाट आफ्नो कलाकारीता अगाडि बढाएर गीत सिर्जना गर्नुपर्ने हुन्छ, नाक, कान, घाँटीको सहाराबिना कलाकारले गीत पस्कन सक्दैनन्’, उनले भने ।

‘स्वस्थ जीवनको लागि स्वस्थ संगीत’ भन्ने मुल नाराकासाथ प्रत्यक वर्ष प्रतिष्ठानको स्थापना दिवस तथा लोकदोहोरी दिवस मनाउँदै आएकोमा सोही अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

अनुभवी विशेषज्ञ तथा चिकित्सकहरुबाट कलाकारहरुका स्वास्थ्य परीक्षण गरिएको थियो । सोही समारोहमा स्वास्थ्य परीक्षणसँगै रक्तदानको पनि कार्यक्रम गरिएको थियो ।

‘रक्तदान जीवनदान’ भन्ने मान्यतामा आधारित रहेर सो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बिजीले बताए । सो कार्यक्रममा धेरै चर्चित राष्ट्रिय कलाकार तथा गायक गायिकाहरुले सहभागी जनाएर स्वास्थ्य परीक्षण गराउनुका साथै रक्तदान गरेका थिए । 

यो पनि