बैशाख ११, २०८१, मंगलबार
               

महात्मा गान्धी असल श्रीमान् र पिता थिएनन् : कंगना

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

अहिले बलिउड अभिनेत्री कंगना रनौटले शाहीले महात्मा गान्धी राम्रो पिता र श्रीमान् भएको कुरामा प्रश्न उठाएकी छिन् ।

बलिउड अभिनेत्री कंगना रनौटले बेलायतका प्रिन्स ह्यारी र उनकी श्रीमती मेगन मर्केलको विषयलाई लिएर ट्विट गर्ने क्रममा महात्मा गान्धिप्रति प्रश्न उठाएकी हुन् । 

‘महात्मा गान्धीमाथि आफ्नै बच्चाद्वारा नराम्रो पिता भएको आरोप लगाइएको थियो । उनले आफ्नी श्रीमतीले शौचालय सफा गर्न अस्वीकार गरेपछि घरबाट बाहिर धकेलीदिन्थे भन्ने कुराको उल्लेख धेरै ठाउँमा गरिएको छ । महात्मा गान्धी एउटा महान् नेता त थिए तर महान् श्रीमान् थिएनन् । तर संसारले सबै कुरा माफ गरिदिन्छ, जब कुरा एउटा पुरुषको आउँछ,’ उनको ट्विटमा उल्लेख छ । 

 


कस्तो लाग्यो ?

यो पनि