चैत १५, २०८०, बिहीबार
               

‘सूर्यवंशी’को प्रदर्शन रोकियो

एजेन्सी
फागुन ३०, २०७६

ADVERTISEMENT

कोरोना संक्रमणको सन्त्रास फैलिएसँगै बलिउडमा धमाधम फिल्म रिलिज रोकिन थालेका छन् । २४ मार्चमा प्रदर्शनको मिति तय भएको रोहित सेट्टी निर्देशित फिल्म ‘सूर्यवंशी’ अनिश्चितकालसम्म प्रदर्शनमा नआउने भएको छ ।

फिल्मका मुख्य कलाकार अक्षय कमारले भनेका छन्, ‘फिल्मभन्दा सुरक्षा पहिलो सर्त हो, तपाईंहरू सुरक्षित रहनुहोस्, तपाईंहरूले आफ्नो ध्यान राख्नुहोस् ।’

यस्तै फिल्मका निर्देशक सेट्टीले भने, ‘हामीले यो फिल्म बडो मिहिनेतसाथ बनाएका छौं, कोरोना भाइरस फैलिएपछि हामीले दर्शकको स्वास्थ्यमा ख्याल गरेर फिल्मको मिति पोस्टपोन्ड गरेका छौं ।’

त्यस्तै फिल्मका निर्माता करण जोहरले समेत फिल्म अनिश्चित समयसम्मका लागि रोक्नुपरेको भन्दै यो समय सबैलाई स्वस्थ रहन अनुरोध गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि