बैशाख ०७, २०८१, शुक्रबार
               

बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८

ADVERTISEMENT

बजार खुलेको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । दशैँ बिदाको एक हप्तापछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको हो ।

गएको २५ गते तोलाको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९१ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि