बैशाख ०८, २०८१, शनिबार
               

आज सुनको मूल्य घट्यो

नेपाल फ्ल्यास
असोज २५, २०७८

ADVERTISEMENT

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला ९० हजार २५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा पाँच रुपैया बढेको छ  । चाँदी आइतबार प्रतितोला रु एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १८० मा कारोबार हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि