बैशाख १३, २०८१, बिहीबार
               

मंगलबार सेयर बजार प्रभावित

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । सेयर बजार मंगलबार प्रभावित भएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि घटेको छ । नेप्से सूचक १८.५४ अंकले घटेर २९२९.२९ विन्दुमा अडिएको छ । ५ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजेट पारित हुन केही दिन लाग्ने भएपछि सरकारी खर्च रोकिने भएको छ । यसको केही प्रभाव बजारमा देखिएको अुनमान छ । बजेटको प्रतिस्थापन विधेयक पारित भएको छैन । सोही कारण केही दिनका लागि सरकारी खर्च बन्द हुने भएको हो ।

प्रतिस्थापन बिधेयक पारित भएपछिमात्र सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुनेछ । सरकारले खर्च गर्न नपाए पनि कर उठाउन भने पाउँछ । तथापि, मंगलबार संसदले विनियोजन बिधेयक प्रस्ताव भने पारित गरेको छ । यसअघि एमाले सरकारले ल्याएको बजेट अध्यादेश संसद चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गनु्पर्ने कानुनी प्रावधान रेहको छ ।


 


कस्तो लाग्यो ?

यो पनि