बैशाख ०८, २०८१, शनिबार
               

बजार बन्द हुने बेलामा नेप्से सूचक हरियो

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । बजार बन्द हुने बेलामा नेप्से सूचकमा सकारात्मक संकेत देखिएको छ । कारोबारको पहिलो प्रहरमा आकर्षक हिसाबले बढेको नेप्से बजार बन्द हुनेमा बेला थोरै प्रभावित भएको हो । तथापि, बन्द हुँदा सूचक हरियै रहन सफल भएको छ । यसले सकारात्मक संकेत गरिरहेको छ ।

नेप्से सूचक ०.२७ अंकले बढेर २९४७.६९ अंकमा अडिएको छ । अघिल्लो दिन बजार बेस्सरी बढेकाले पनि नाफा बुक गर्नेहरु अल्पकालीन कारोबारीहरु सक्रिय हुँदा सूचक अन्तिम प्रहरमा केही दबाबमा परेको हो ।

विशेषगरी कारोबारको अन्तिम समयमा हाइड्रोपावर समूहमा अलिबढी बिक्रेता हावी भए । यस दिन निर्जीवन बिमा समूहतर्फ लगानीकर्ताको आकर्षण मोडिएको पाइएको छ । अन्य समूहको तुलनामा यसको सूचकमा अलिबढी तेजी छ । १३ मध्ये ७ समूहको सूचक बढेको छ । यतिबेला केन्द्रीय बैंकको नीतिका कारण सेयर बजार प्रभावित भएको भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

विशेषगरी सेयर धितो कर्जामा १२ करोडको सीमा र नवीकरणलाई परिमार्जन गर्नुपर्ने विषय लगानीकर्ताहरुले उठाइरहेका छन् । यस विषयलाई केन्द्रीय बैंकले ढिलोचाँडो सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि